नेभिगेशन
अन्य

डिजेल र मट्टितेलमा आजदेखि नयाँ मूल्य

काठमाडौं । नेपाल आयल निगमले घटाएको डिजेल र मट्टितेलको बिक्री मूल्य आजदेखि लागु भएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा रु एक÷एक घटाएको निगमले जनाएको छ । निगमका प्रवक्ता दीपक बरालले सार्वजनिक यातायातको भाडा कम गर्न सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर एक÷एक घटाइएको बताए । आजदेखि डिजेल र मट्टितेलको मूल्य ८३ कायम हुने र पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य भने पुरानै कायम हुने जनाएको छ । पेट्रोल प्रतिलिटर १ सय ४ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर १ हजार ४०० मा बिक्री मूल्य कायम हुने पनि उनले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्