नेभिगेशन
अन्य

मोरङको केरौनमा दुर्घटनाः एकको मृत्यु दुई घाइते

विराटनगर । । यात्रुबाहक बसको ठक्करबाट मोरङमा गएराती एक स्कुटरचालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४३१४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको मे ६ प ६९२६ नम्बरको स्कुटरलाई केरौनमा ठक्कर दिँदा धरान–१० बस्ने विकास ताम्राकारको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सोही स्कुटरमा सवार ताम्राकारकी पत्नी २५ वर्षीया अञ्जना र १७ वर्षीया बहिनी साइना गम्भीर घाइते भएक छन् । घाइतेद्वयलाई उपचारका लागि विराटनगर ल्याइएको छ र बससहित चालकलाई इलाका प्रहरी कार्यालय, पथरीमा राखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्