नेभिगेशन
व्यक्ति/व्यक्तित्व

सफलताको सिढीं उक्लँदै संजीव

कृष्ण तिवारी आज भन्दा झण्डै २० वर्षअघि अस्ट्रेलिया आएका संजीव शर्मा पेशाले शैक्षिक परामर्शदाता हुन् एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका डाइरेक्टर रहेका शर्माको विहानदेखि वेलुकीसम्म विद्यार्थीका विभिन्न समस्यालाई नजिकबाट नियाल्नु अनि सहज समाधानका लागि सदैंव तयार रहनु दिनचर्या नै हो । उच्चशिक्षा अध्ययनका शिलशिलामा अठार वर्षे लक्का जवानमा सिड्नी भित्रिएका शर्माले जीवनमा अनेकैं आरोह–अवरोह, उतारचढाव र दुखसुखको अनुभव सँगाल्दै अस्ट्रेलियालाई कर्मभूमि रोजेकोमा कुनै पछुतो मान्दैनन् । शैक्षिक परामर्शदाताको कामसँगै समयले भ्याएसम्म नेपाली समुदायमा समेत घुलमिल हुन रुचाउने शर्मा अस्ट्रेलियावासी नेपाली समुदायका लागि कुनै नौलो नाम पक्कै होइनन् । बुवा धर्मराज तथा आमा शिवा शर्माको जेठो सन्तानको रुपमा दाङ जिल्लाको घोराही ठाउँमा मध्यम परिवारमा जन्मेका संजीवले वाल्यकाल दाङकै सिसहनियाँमा बिताए । बुवा स्थानीय सर्वोदय विद्यालयका शिक्षक अनि आमा स्वास्थ्य सेंविका भएका कारण वाल्यकालदेखि नै संजीवलाई घरपरिवारमा शैक्षिक वातावरण अनुकुल बन्यो । प्रारम्भिकदेखि प्रवेशिकासम्मको अध्ययन शर्माले गाउँकै सरकारी विद्यालय सर्वोदयबाट सके । कक्षामा सधैं प्रथम स्थान ल्याउने शर्मा मेधावी छात्रमा गनिन्थ्ये । मेधावी छात्र भएकै कारण शर्माले दश कक्षासम्म छात्रवृत्तिमा पढे । 11892261_10206746789761199_7768819577391568614_n प्रवेशिका परीक्षामा उनी प्रथम श्रेणीमा पास भए । जीवनमा सुनौलो सपना बोकेर उच्चशिक्षा अध्ययनको लागि शर्मा काठमाडौं हानिए । राम्रो अंक ल्याएका कारण विज्ञान विषयतिर लोभिए अनि त्रिचन्द्र क्याम्पसमा आइएस्सीमा भर्ना भए । आइएस्सी उत्र्तिणपछि शर्माको विदेश जाने रहर मनमा पलायो । त्यतिवेला मध्यम वर्गीय परिवारमा ठूलो रकमको जोहो गरेर विदेश जाने कुरा आर्थिक हिसाबले चानेचुने कुरा थिएन । तर भगवानले “त आँट म पु¥याउँछु” भने झैं शिक्षित परिवारमा जन्मे हुर्केका शर्मालाई विदेशमा अध्ययन गर्न घरपरिवार भगवान नै सावित भैंदियो । अस्ट्रेलियाको यात्रा शर्माले उच्च शिक्षा अध्ययनको लागि अस्ट्रेलियालाई रोजे । अस्ट्रेलियाको वारेमा सामान्य ज्ञान मात्र हासिल गरेका शर्मालाई यहाँको वारेका न त कुनै जानकारी नै थियो । केबल उनले फोटामा सिड्नीको ओपेरा हाउस र डार्लिङ हार्वर मात्र देखेका थिए । त्यतिवेला टोक्नोलोजीका कारण सूचनाको पहुँचमा निकै कमी थियो । तरपनि उनले हिम्मत हारेनन् अनि आत्मबल बढाएर भिषा प्रोसेसिङका लागि आवश्यक कागजातहरु जुटाउन थाले । त्यति नै वेला भारतीय दुतावासले विज्ञान विषयमा राम्रो अंक ल्याएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गर्दथ्यो । शर्माले इलेक्ट्रीकल इन्जिनियरिङ अध्ययनका लागि दुतावासमा निवेदन पनि हाले । छात्रवृत्ति पाउँछु भन्ने कुरामा शर्मा ढुक्क भने थिएनन् । यता अस्ट्रेलियाको भिषाको पर्खाईमा बसेका शर्मालाई नसोचेको कुरा भारतीय दुतावासबाट इन्जिनियङ अध्ययनका लागि छात्रवृत्ति पाउन सफल भए । त्यसको केही दिनमा अस्ट्रेलियामा अध्ययन भिषा पनि पाए । एकछिन त शर्मालाई इन्जिनियङ पढ्न भारत जाऊँ कि जस्तो पनि लाग्यो । तर सानैदेखिको विदेश जाने सोच बनाएका शर्माले तुरुन्तै अस्ट्रेलिया आउने निधो गरे । सन् १९९६ मा अठार वर्षे उमेरमा अस्ट्रेलियाको सिड्नीमा पहिलो पाइला टेके । होम्स कलेजमा डिप्लोमा अफ आईटी अध्ययनका लागि आएका शर्माले आईटी सकेपछि युटिएसमा व्याचलर्स अफ एकाउन्टिङ एण्ड फाइनान्स (डबल मेजर) विषयमा अध्ययन शुरु गरे । शुरुवाती दिनहरु शर्माका निकै चुनौतिपूर्ण नै रह्यो । त्यतिवेला नेपालीहरुको संख्या अस्ट्रेलियामा निकै न्यून थियो । अतितका ती पलहरुलाई सम्झदै शर्मा भन्छन्– “एक नेपालीले अर्को नेपालीलाई भेटेर मनका दुखसुख साटासाट गर्न पाउँदा भर्खरै नेपाल छोडेर आएको मन निकै हलुका हुन्थ्यो ।” कामको खोजीमा शर्मा चारैतिर भौतारिए । न त आजभोलीको जस्तो नेपालीको नेटवर्क, न त काम खोज्न इन्टरनेट वा फोनको सहजता । दिनभरि कामको खोजीमा साथीहरुसँगै निस्केका शर्मा साँझ थकित मुद्रामा कोठामा आइपुग्थे । विद्यार्थी जीवनमा शर्माले कामलाई कहिल्यै सानो–ठूलो भनेनन् । इमान्दारी भएर काम गरे अनि सबै कामको अनुभव पनि बटुले । जीवनमा काम ठुलो कुरा हो, आफ्नो योग्यता र सीप अनुसार काम पाइन भनेर हात बाँधेर त्यसै बस्नु भन्दा जे–जस्तो काम पाइन्छ, त्यसैमा रमाउनु पर्ने धारणा शर्माको छ । सन् २००० मा व्याचलर्स सकेपछि भने उनको जीवनले अलिकति कोल्टे फेर्यो । पछि उनले आफ्नो योग्यता र सीप अनुसारको काम खोज्न थाले । एकाउन्टिङ र फाइनान्समा डबल मेजर गरेका शर्माले पारामाटास्थित सिटीवेस्ट एकाउन्टिङ ल फर्ममा काम पाए । केही वर्ष उनी त्यही काममा रमाए । अस्ट्रेलियामा नेपालीहरुको आगमन विस्तारै बाक्लिदै गयो । उनले आफू विद्यार्थी अवस्थामा हुँदा पाएका हण्डरहरुलाई सिनेमाको रिल जस्तै गरी एकछिन सम्झँे । अनि यसो गमेर सोचे, विद्यार्थीहरुलाई लक्षित गरी आफुले भोगेका र जानेका कुरालाई साटासाट गर्ने माध्यम एजुकेसनल कन्सल्टेन्सी व्यवसाय शुरु गर्ने योजना बुने । आफ्ना शुभचिन्तक, साथभाई र आफन्तलाई आफुले बुनेको योजना सुनाए । सबै शुभचिन्तकहरुले शर्माको कदमलाई सहयोग गर्ने बताए । अनि जागिर छाडेर सन् २००७ बाट कन्सल्टेन्सी पेशा अगाल्न पुगे । शर्माको सपनालाई साकार पार्न सँगसँगै यात्री बन्न हितैषी साथी बद्री अर्यालले काँधमा काँध मिलाए । शर्मा र अर्यालले कन्सल्टेन्सीको नाम जुराए– एक्सपर्ट । आज यहि एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज रात दुई गुना दिन चौं गुना भनेझैं गुणस्तरीय सेवा र विश्वास कै कारण आजसम्म कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन् । आफ्नो यात्रालाई सधैं उचाईमा पु¥याउँन निरन्तर अगाडि बढेको बढ्यौं छ । सन् २००८ मा अस्ट्रेलियन न्यासनल यूनिर्भसिटीबाट ग्रयाजुएसन सर्टिफिकेट इन माइग्रेसन ल एण्ड प्राट्रीक्स सकेका शर्माले सिड्नी बाहेक आफ्नो कन्सल्टेन्सीलाई नेपालतिर पनि विस्तार गरे । सन् २००८ मा काठमाडौंमा शाखा खोले । आज नेपालमा काठमाडौंको अलवा पोखरा, चितवन, बुटबलमा शाखा खोलिसकेका छन् भने विर्तामोडमा छिट्टै खोल्ने योजनामा छन् । यता सिड्नी बाहेक यसको शाखा कार्यालय ब्रिसवेन, मेलवर्न, एडिलेडमा विस्तार छन् । हालसम्म करिब १३ हजार भन्दा बढी विद्यार्थीहरुलाई अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय र कलेजहरुमा भर्ना गर्न सफल भएको छ । माइग«ेसन, शैक्षिक परामर्श, एकाउन्टिङ, होम लोन, प्रोफेसनल इयर लगायतका विविध सेवाहरु एउटै छातामुनिबाट दिदै आएको एक्सपर्टले हालै टेली कम्युनिकेसन सेवा पनि संचालनमा ल्याएको छ । अस्ट्रेलिया भरि एक्सपर्टका झण्डैं ७० जना कर्मचारीहरु कार्यरत छन् भने नेपालमा एक सयको हाराहारीमा । भविष्यमा एक्सपर्ट शाखालाई अन्य देशहरुमा पनि विस्तार गर्ने योजनामा छन् शर्मा । शर्मा आफ्नो सफलताको रहस्य खोतल्दै भन्छन्– “सबैभन्दा ठुलो कुरा गुणस्तरीय सेवा र विश्वास नै हो, अनि टीम वर्क । विद्यार्थीका समस्यालाई सहज र छरितो रुपमा समाधानको बाटो देखाइदिनु पर्दछ । विद्यार्थीको भविष्यसँग कहिल्यै पनि खेलवाड गर्नु हँुदैन् ।” विद्यार्थीको समस्यालाई आफ्नै समस्या जस्तै ठान्नु पर्ने शर्मा बताउँछन् । उनी भन्छन्– “हाम्रो काम भनेको विद्यार्थीहरुलाई सम्भावित बाटोका चुनौति र अपठ्याराहरु औल्याइदिनु हो । कुन बाटो हिँडे कहाँ पुगिन्छ भनेर ।” तर विद्यार्थीहरुले कुनै पनि निणर्य लिँदा कुरा धेरैको सुन्नुपर्दछ, अनि निर्णय आफैले गर्नु श्रेयकर हुने शर्मा बताउँछन् । समाजसेवा र जीवन जीवनलाई उनी सर्घषको रुपमा लिन्छन् । दुःखमा नआत्तिने र सुखमा नमात्तिने उनको मुल मन्त्र नै हो । स्कूले जीवनमा स्काउटमा रुचि राख्ने शर्मा सानैदेखि समाजिक गतिविधिमा सक्रिय हुन रुचाउँथे । घरपरिवारमा आमा शिवा शर्मा स्वास्थ्य सेविकाका साथै सामाजिक कार्यकर्ता हुन् । शर्मालाई कोही दुखी र असाह्यलाई सहयोग गर्न पाउँदा मन खुसीले ढक्क फुल्छ । उनी भन्छन्– दिनदुखीहरुको सहयोग गर्न पाउँदा मनमा जति आनन्द हुन्छ, त्यो अरु केहीमा पाइदैन् । सहयोगी भावनाका शर्माले अस्ट्रेलियामा रहेको नेपाली समुदायमा समेत ठुलो गुन लगाएका छन् । प्रायजसो यहाँ गरिने कार्यक्रमहरुमा उनको सहयोगले सकभर निरन्तरता पाएकै हुन्छ । त्यसो त उनी लगायत एक्सपर्ट टिमले नेपालका करिब १७ जना गरिब तथा असाह्य वालवालिकाहरुलाई निःशुल्क पढाइरहेको छ । अब शर्माले आफ्नो समाजसेवाको कामलाई अझ बढी प्रभावकारी तथा व्यवस्थित रुपमा विस्तार गर्न एक्सपर्ट फाउन्डेसन खोलिसेकेका छन् । गएको भूकम्पमा समेत सो फाउन्डेसनले राहत सामग्री वितरण गरेको थियो । नेपालमा भूकम्पले क्षति पु¥याएको सिन्धुपाल्चोकको एक विद्यालय निर्माण गरिदिने योजनामा छन् शर्मा । सन् १९९९ देखि नै नवाज (नेप्लीज अस्ट्रेलियन वेयलफेयर सोसाइटी) का संस्थापक सदस्य रहेर समुदायसँग नजिक रहेका शर्मा विभिन्न पदमा बस्दै सन् २०११ देखि हालसम्म अध्यक्ष पदमा छन् । एनआरएनए आइसीसी सदस्य रहेका शर्मा एनआरएनएका गतिविधिमा सामेल हुन रुचाउँछन् । _6498s शर्माको लगानी विस्तारै अस्ट्रेलियाको शैक्षिक संस्थाहरु तिर समेत उन्मुख हुदंैछ । उनी क्यूआईबिए कलेजका डाइरेक्टर समेत हुन् । जसले आईटी, एकाउन्टिङ, र इन्जिनियरिङ विषयमा प्रोफेसनल इयरका कक्षाहरु संचालन गर्दै आएको छ । प्रवासमा रहेपनि आफ्नो मातृभूमिलाई बिर्सन नहुने बताउँछन् उनी । त्यसैले उनले नेपालमा विभिन्न व्यवसायमा लगानी समेत गरेका छन् । उनी भन्छन्– “लगानीले नेपाललाई सधै आफ्नो सामिप्यतामा राख्न सहयोग पुग्दछ । अनि त्यहाँ रोजगार सृजना गरेर वेरोजगारले रोजगार पाउन मद्त पुग्छ ।” 10734135_10204445409388128_2952571056438662002_n अस्ट्रेलियालाई कर्मभूमि बनाए पनि नेपाल र नेपालीलाई सबैले सकेको सहयोग गर्नुपर्ने सोच शर्माको छ । यहाँ सिकेका ज्ञान, सीप होस् वा चाँहे आर्थिक लागनी । प्रवासमा बस्नेले नेपालमा केही न केही उद्योगधन्दा खोल्ने हो भने नेपालीले नेपालमै रोजगारीको अवसर पाउने शर्माको भनाई छ । उनी वर्षको तीन÷चार पटक नेपाल पुगेकै हुन्छन् । विराटनगर मघुमारा निवासी सिमा खनालसँग सन् २००५ शर्माले मागी विवाह गरे । शर्मा भन्छन्– मेरो सफलताको श्रेय आमाबुवा, मेरी जीवनसंगीनी अनि इष्टमित्र र सहकर्मी साथीहरु नै हुन् । घरपरिवारलाई रेखदेख गर्दै आफ्नो व्यवसायमा समेत सदैव साथ र हौसला दिने जीवनसंगीनीको उनी खुलेर प्रशंसा गर्छन् । जीवनसंगीनी सिमा एक बैकमा कार्यरत छिन् । शर्माका आफ्नै नजिकका आफन्त र नातेदारहरुको संख्या अस्ट्रेलियामा झण्डै ७० जना भन्दा बढी छन् । उनका सहोदार दुई भाईहरु सन्तोष सिड्नीमा छन् भने सरोज मलवर्नमा एक्सपर्ट शाखामा कार्यरत छन् । एक छोरी सान्याका साथ उत्तरी सिड्नीमा बस्दै आएका शर्मा फुर्सतमा घरपरिवार, साथीभाईहरुसँग रम्न र पानीमा सयर (बोटिङ) गर्न औधी मन पराउँछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्