नेभिगेशन
अन्य

महाधिवेशन सार्न कांग्रेसद्धारा संविधान संशोधन प्रस्ताव

काठमाडौं । संविधान जारी हुने समयसिमा लम्बिदै जाँदा नेपाली काँग्रेसको महाधिवेशन पनि अनिश्चित बन्दै गएकोपछि पार्टीमाथि उठ्ने संवैधानिक संकट समाधानका लागि नेपाली कांग्रेसले अन्तरिम संविधानमा नै संशोधन गर्ने प्रस्ताव अघि सारेको छ । आज बसेको पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाले असोज ५ गतेभित्र पार्टीको १३ औं महाधिवेशन गर्न असम्भव भएको र त्यसअघि नयाँ संविधान जारी हुने नहुने निश्चित नभएको अवस्थामा अन्तरिम संविधानमा नै संशोधन गर्नु पर्ने प्रस्ताव राखेका थिए । बैठकमा बोल्ने अधिकांश नेताहरुले संसदको चालु अधिवेशनबाट तत्काल अन्तरिम संविधान संशोधन प्रस्ताव दर्ता गर्न एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग वार्तागरी अघि बढ्नु पर्ने राय दिएका थिए । कांग्रेसको भदौ १७ गतेदेखि गाँउ वडा र नगर अधिवेशन सुरु हुने भएपनि कांग्रेसले संविधान निर्माण प्रक्रियामा नेताहरु व्यस्त रहनु परेको भन्दै त्यसको कुनै तयारी गरेको थिएन । पछिल्लो समयमा चार प्रमुख दलका नेताहरुसँगको वार्तामा असोज ५ भित्र अधिवेशन नभए पार्टीको बैधानिकतामाथि प्रश्न आउने भन्दै त्यसको संबैधानिक उपचार खोज्नु पर्ने माग गरेका थिए । जस अनुसार दलहरुलबे प्रस्तावित संविधानको मस्यौदामा विशेष परिस्थितीमा राजनीतिक दलको अधिवेशन पाच वर्षपछि पनि थप ६ महिना परसमममा गर्न सक्ने प्रावधान राखिएको थियो । तर संविधान निर्माणको प्रक्रिया लम्बिँदै गएको अवस्थामा भदौ मसान्तभित्र संविधान जारी हुने निश्नेचित नहुँदा अन्तरिम संविधान संशोधन गर्नु उपयुक्त हुने सुझाव कानुनविदहरुले कांग्रेस नेतृत्वलाई दिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्