नेभिगेशन
अन्य

आज आठौं पुस्तकालय दिवस

काठमाडौं । पढ्ने संस्कृतिको विकासका लागि प्रवर्द्धन गर्न आज आठौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलका अनुसार सिंहदरबार मूल ढोकाबाट प्रभातफेरि प्रस्थान गरी रुसी सांस्कृतिक केन्द्रमा पुगी सम्मान र प्रवचनलगायत कार्यक्रम गरी दिवस मनाइने छ । सरकारद्धारा पुस्तकालय दिवस मनाउन मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । विसं १८६९ भदौ १५का दिन तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले पं केदारनाथ झालाई किताब तहबिलखानाको अध्यक्ष तोकको दिनलाई पुस्तकालय दिवस मनाइँदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्