नेभिगेशन
खेलकुद

एक्सपर्ट ग्रुप नवाज कप–२०१५ को उपाधि सेन्ट जर्ज फेन्ड्स क्लबलाई (फोटो फिचर सहित)

सिड्नी । नेप्लीज अष्ट्रेलियन वेलफेयर सोसाईटी (नवाज) द्वारा संचालित एक्सपर्ट ग्रुप नवाज कप–२०१५ को उपाधि सेन्ट जर्ज फेन्ड्स फुटबल क्लबले जित हात पारेको छ । अगस्त ३० तारिखका दिन आइतवार लिडकम स्थित वाइड पार्कमा भएको फाइनल खेलमा सेन्टजर्ज नेप्लीज क्लबलाई ट्राइवेकरमा ५–४ को गोल अन्तरले नवाज कप हात पार्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेलमा कुनै गोल नभएपछि थप अतिरिक्त समय थपिएको थियो । तर सो थप समयमा समेत दुवै टीमबाट कुनै गोल नभएपछि खेलको जीतहार अन्ततः ट्राइवेकरबाट भयो । सेन्टजर्ज नेप्लीज क्लबका एक खेलाडीले ट्राइवेकरमा गोल पोस्ट भन्दा बाहिर बल हान्दा सेन्टजर्ज नेप्लीज क्लब टीमले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । Screen Shot 2015-09-01 at 9.38.58 AM त्यस्तै तेस्रो स्थानका लागि ओइसीस फुटबल क्लब डाँफे र सिम्रिक क्लब बीच भएको खेलमा ओइसीस क्लब डाँफेले जितेको छ । फुटबल खेलको समापनपछि खेलमा विजयी हुने प्रथम, द्वितिय र तृतिय टीमलाई शिल्ड तथा प्रमाणपत्र र पदक समेत वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि न्यु साउथ वेल्सका महावाणिज्यदुत दिपक खड्काले विजयी टीमलाई शिल्ड तथा प्रमाणपत्र वितरण गर्दै फुटबलले सबै पक्षलाई एक आपसमा जोड्ने बताए । उनले भने– “फुटबल त्यस्तो खेल हो जसले टीमका सबै साथीहरुको एक–आपसको सहयोग र स्पीरिड अनुसार खेलको जितहारको निणर्य गर्दछ ।” आपसी सद्भाव र समझदारी र अनुशासन फुटबलले सिकाउने खड्काले बताए । Screen Shot 2015-09-01 at 9.39.09 AM सो अवसरमा ओसियाना रिर्जनल कोर्डिनेटर बिष्णु हमालले विजयी खेलाडीहरुलाई प्रमाणपत्र वितरण गर्दै विजेता टीम तथा खेलाडीहरुलाई धन्यवाद दिए । निम्फाका अध्यक्ष चित्र तुम्बाहाम्फेले खेलाडीहरुलाई प्रमाणपत्र वितरण गर्दै खेलाडीहरुको प्रतिभाको खुलेर प्रशंसा गरे । नवाज स्पोर्ट कोर्डिनेटर अरुण तामाङले स्वागत मन्तव्य दिदै खेलाडीहरुले एक आपसमा देखाएको अनुशासनको प्रशंसा गरे । सबैको सहयोग र सद्भावले नवाज कप सम्पन्न भएकोमा सहयोगी सबैलाई धन्यवाद दिए । खेल कमिसनर राजु मानन्धरले अनुशासित रुपमा खेलाडीले आफ्नो क्षमता प्रर्दशन गरेकोमा धन्यवाद दिदै आजको अपराजित टीम भोलीको विजेता टीम र आजको विजेता टीम भोलीको रोल मोडेलको रुपमा चित्रित हुने बताए । उनले भने– अस्ट्रेलियामा नेपालीहरु बीच फुटबल खलको माध्यमबाट नेपाली नेपाली बीच मेलमिलाप र सद्भाव ल्याउन नवाजले खेलेको भूमिकाको प्रशंसा गरे । नवाज फुटबल खेलका स्पोन्सर होम्स कलेजका डाइरेक्टर रब रेल्टन र मार्केटिङ म्यानेजर रजनी पन्तले विजयी खेलाडीहरुलाई प्रमाणपत्र र पदक वितरण गरेका थिए । Screen Shot 2015-09-01 at 9.39.18 AM नवाजका अध्यक्ष संजीव शर्माले फुटबल कार्यक्रम सफल पार्न भूमिका खेल्ने स्वयंसेवी नवाजका साथीहरुलाई प्रमाणपत्र वितरण गर्दै अगामी दिनमा पनि खेलाडी टीम साथीहरु, शुभचिन्तक, स्वयंसेवीहरुको सहयोग निरन्तर पाउने आशा व्यक्त गरे । कार्यक्रममा नवाजका सचिव प्रकाश पन्थी, कार्यसमितिका सदस्य तोयानाथ अर्यालले विगत तीन महिनादेखि संचालित सो फुटबल कार्यक्रमलाई सफल तुल्याउन सहयोग पुर्याउँने सबैलाई धन्यवाद दिए । Screen Shot 2015-09-01 at 9.39.28 AM फाइनल खेलको समापनका अवसरमा वालवालिकाहरुका लागि जम्पिङ क्यास्ट्रल, किड्स म्याराथन लगायतका मनोरञ्जनात्मक खेलहरु पनि संचालन गरिएको थियो । कार्यक्रममा एनआरसीका सुवंण शर्मा, नवाजका विनोद शर्मा, सन्जु रोका, मंजीत घिमिरे, अभिभावक धर्मराज अधिकारी शर्माले पनि खेलाडीहरुलाई प्रमाणपत्र र सम्मान वितरण गरेका थिए । सो फुटबल कार्यक्रममा मोस्ट म्यालुएबल प्लेयरमा आशिस श्रेष्ठ( सिम्रिक फुटबल क्लब), मोस्ट प्रोमोसिङ प्लेयरमा पारस थापा( वेस्ट यूनाइटेड क्लब), वेस्ट डिफेन्डरमा मन डाँगी (लालीगुराँस क्लब), वेस्ट गोलकिपरमा तुम्याहाङग् सुब्वा (सेन्टजर्ज फेन्ड्स), हाइयेस्ट स्कोरमा विकास सापकोटा (ग्रान्भिल राइनो),वेस्ट मिडफिल्डरमा निर्देश थापा (डाँफे), म्यान अफ दि फाइनलमा सारमेन गुरुङ (सेन्टजर्ज फेन्ड्स) ,म्यान अफ दि सिरिजमा निरज गौतम (सेन्टजर्ज नेप्लीज क्लब) का खेलाडीहरुलाई सम्मान गरिएको थियो । Screen Shot 2015-09-01 at 9.39.40 AM अस्ट्रेलियामा रहेका नेपालीहरुलाई फुटबल खेलको माध्यमबाट एकता, सद्भाव र भाईचारा कायम राख्न नवाजले आफ्नो स्थापनादेखि प्रत्येक वर्ष फुटबल खेलको आयोजना गर्दै आएको छ । अस्ट्रेलियामा सन् १९९९ मा खोलिएको नवाज संस्थालाई पुरानो अग्रणी संस्थाको रुपमा लिने गरिन्छ ।Screen Shot 2015-09-01 at 9.39.50 AM Screen Shot 2015-09-01 at 9.40.01 AM Screen Shot 2015-09-01 at 9.40.11 AM Screen Shot 2015-09-01 at 9.40.36 AM Screen Shot 2015-09-01 at 9.49.27 AM
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।