नेभिगेशन
अन्य

वीरगन्जमा तनाव ४ बजेदेखि अनिश्चिकालिन कर्फ्यु

काठमाडौं । संयुक्त मधेसी मोर्चाको आन्दोलनले उग्र रूप लिएपछि वीरगन्जमा ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ। वीरगञ्जका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सोमबार अपरान्ह प्रशासनले कर्फ्यु लगाएको हो। नगर क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि अपरान्ह ४ बजेदेखि कर्फ्यु लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए। अहिलेपनि वीरगन्जका विभिन्न स्थानमा आन्दोनलनकारी र प्रहरीबीच झडप भइरहेको छ। यसअघि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर र अश्रु ग्यास पनि प्रहार गरेको थियो। स्थानीय घण्टाघरमा ‍प्रहरीले केही शेल हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ। करीब दर्जन प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीले विभिन्न स्थानमा सवारी साधनमा तोडफोडसमेत गरेका छन्। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच नगवा चौकमा भएको झडपमा एक जना प्रदर्शनकारीलाई गोलीको छर्रा लागेको छ। छर्रा लागी घाइते भएका कृष्णकुमार पटेलको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। सो झडपमा अन्य ८ जना प्रदर्शनकारी पनि घाइते भएका छन्। उनिहरुको नारायाणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्