नेभिगेशन
अन्य

केसीलाई समर्थन गर्दै शिक्षण अस्पतालका डाक्टरहरु आन्दोलनमा

काठमाडौं । डाक्टर गोविन्द केसीको आमरण अनुसनलाई सर्मथन गर्दै उनका माग पुरा गर्न सरकार उदासिन भएको भन्दै शिक्षण अस्पतालमा कार्यरत तीनसय भन्दाबढी रेजिडेन्ट चिकित्सकले आजदेखि अस्पताल सेवामा सहभागी नहुने निर्णय गरेका छन्। रेजिडेन्ट चिकित्सकहरुको संस्था नेशनल रेडिडेन्ट डक्टर्स एशोसियासनको आइतवार बसेको बैठकले आजदेखि आकस्मिकबाहेकका सेवामा सरिक नुहुने निर्णय गरेको हो। चिकित्सकहरुले आइतबार साँझदेखि विद्यार्थी, बरिष्ठ चिकित्सक एवं आम सर्वसाधारणको सहभागितामा रिलेअनशन सुरु गर्ने निर्णय पनि गरेका छन्। गत सोमबारदेखि छैटौंपटक आमरण अनशनमा बसेको डा।केसीको माग पुरा नभएको भन्दै आइओएमका विद्यार्थीहरु समेत पठनपठनमा सहभागी नहुने भएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्