नेभिगेशन
अन्य

कैलालीमा प्रहरीको हतियारसमेत लुटिएको खुलासा

काठमाडौं । आठ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा नेपाल प्रहरीको केही हतियार प्रर्दशनकारीले लुटेर लगेको खुलासा भएको छ । प्रहरीको एउटा एसएलआर हतियारसहित २ वटा पेस्तोल, एउटा मल्टी प्रपोज गन तथा एयटा ग्यास गन प्रर्दशनकारीले लुटेका छन् । उच्च प्रहरी स्रोतका अनुसार त्यसबेला प्रहरीले बोकेको तीनवटा एसएलआरमध्ये एउटा लुटिएको हो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्