नेभिगेशन
अन्य

स्वदेशका काठ कुहिँदै, महंगोमा बिदेशबाट आयात गरिँदै

काठमाडौं । सरकारी निकायको लापरबाहीले स्वदेशभित्रै रहेका मूल्यवान काड कुहिने गरेको भएपनि महँगो विदेशी काठ आयात भइरहेका छन्। जसले गर्दा महाभूकम्पले क्षति भएका भौतिक संरचना निर्माणका लागि तत्काल काठ उपलब्ध हुन नसक्ने अवस्था सिर्जना भएको छ भने अर्कोतिर विदेशी काठ खरिद गर्नुपर्ने बाध्यता भएको छ। भूकम्प प्रभावित ३१ वटा जिल्लामा हजारौँ सरकारी तथा निजी भवनहरु भत्किँदा ती संरचना निर्माणका लागि कम्तिमा पाँच करोड १८ लाख क्यूफिट काठ आवश्यक रहेको वताइएको छ। तर हाल नेपालभित्र जम्मा दुई लाख ५० हजार क्यूफिट काठ मात्र रहेको वन तथा भूसंरक्षण मन्त्रालयले जनाएको छ। वन जंगलवाट काठ ननिकाल्दा काठ सड्ने अवस्थामा आउनु र विदेशवाट काठ आयात हुनुमा दोषी वन विभाग रहेको वन तथा भू–संरक्षण मन्त्रालयका अधिकारी वताउँछन् भने मन्त्रालयले काम गर्न नदिँदा यस्तो समस्या आइपरेको विभागका महानिर्देशकको दाबी छ। भूकम्प गएको पाँच महिना लाग्दासमेत निर्माणका लागि काठ उपलब्ध गराउन वन तथा भूसंरक्षण मन्त्रालयले चासो नदेखाउँदा यस्तो समस्या देखापरेको निर्माण व्यवसायीले वताएका छन्। मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, वनमा रहेको काठको उत्पादन गरी बजारमा आपूर्ति गर्ने कार्य वन विभागको भएपनि विभागले चासो नदेखाउँदा हालको अवस्था सिर्जना भएको हो । गोरखापत्रमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्