नेभिगेशन
अन्य

भारतलाई १ गोलले हराउँदै नेपालले उपाधि जित्यो

काठमाडौं । नेपालले पहिलो यू–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यससँगै नेपालले दुई दशक लामो उपाधिको खरेडी टारेको छ । नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो । त्यसयता नेपाली पुरुष टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन । सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले ३१ औं मिनेटमा गोल गरेको थियो । कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जनको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो । तर, खेलको ८७ औं मिनेटमा भारतले पेनाल्टीमार्फत गोल फर्कायो । निर्धारित समयको खेल १(१ को गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्