नेभिगेशन
अन्य

आन्दोलनकारीतर्फ कसैको मृत्यु भएको छैनः थरुहट सर्घषसमिति

काठमाडौं । सोमबार भएको हिंसात्मक घटनामा परी घाइते भएका आन्दोलनकारी तर्फ कसैको पनि मृत्यु नभएको तर १२ जना गम्भीर घाइते भएको थरूहट संघर्षसमितिले दाबी गरेको छ। ‘१२ जनालाई प्रहरीले चलाएको गोली लागेको छ। अस्पताल लैजान नपाएकाले उनीहरूको उपचारमा समस्या भइरहेको छ,’ थरूहटका एक नेताले बताए ।उपचारमा लगिएको घाइतेलाई सुरक्षाकर्मीले धरपकड गरिरहेकाले घाइतेको उपचारमा समस्या भइरहेको छ। टिकापुरमा भएको हिंसात्मक घटनामा एसएसपी सहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो । गत सोमवार भएको सो घटनामा सुरक्षाकर्मीलाई जिउदै आगो लगाएर र भाला रोपेर हत्या गरिएको थियो । समाचार कान्तिपुर दैनिकमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्