नेभिगेशन
अन्य

नुवाकोटमा पहिरो जाँदा ६ जनाको मृत्यु

बिदुर । नुवाकोटको गोर्स्याङ– २ काभ्रेस्थलीमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ। स्थानीयबासीका अनुसार बिहीबार राति आएको पहिरोले ३ वटा घर पुरिनुका साथै ५ जनाको ज्यान गएको हो। पहिरोमा अरु पनि पुरिएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्। प्रहरीले भने घटनास्थल पुगनसकेकाले पुष्टि गर्न सकेको छैन। यता नुवाकोटकै सामरी–७ धारलीमा पहिरो जाँदा एक वृद्धको मृत्यु भएको छ। पहिरोमा पुरिएर ८० वर्षीया टेककुमारी थापा मगरको मृत्यु भएको हो। स्थानीय समबहादुर र लालबहादुरको घरमा पहिरो गएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्