नेभिगेशन
अन्य

सगरमाथाको साउथ पोलमा पुगेका छौ, अब चुचुरोमा पुग्नेपर्छः भट्टराई

काठमाडौं । एमाओवादीका नेता बाबुराम भट्टराईले संविधान निर्माणको क्रममा आफूहरु सगरमाथाको चुचुरोमा पुग्न लागेको बताएका छन् । उनले परिमार्जित मस्यौदा माथिको सैद्धान्तिक छलफलमा भाग लिदै भो–‘सगरमाथाको साउथ पोलमा पुगेको छौं , चाडै चुचुरोमा पुग्नेछौं ।’ उनले आफु र आफ्नो पुस्ताको इतिहास नयाँ चरणमा प्रवेश गर्ने क्रमको अन्तिम विन्दुमा आइसकेको बताए । परिमार्जित विधेयकलाई छलफल गरी केही सातामै यो पुस्ताले गर्भ गर्ने गरी काम गर्ने उनको भनाई थियो । ‘‘हामीले यसपटक सगरमाथाको साउथ पोलमा पुगेका छौ। अब सगरमाथाको चुचुरोमा पुग्नेपर्छ।’ भट्टराईले भने ‘यदि यसपटक पनि असफल भए अर्को संविधानसभा हुने छैन। हामीलाई असफल हुने छुट छैन।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्