नेभिगेशन
अन्य

सीमांकन संशोधन नभए प्रक्रिया छोड्छौः गच्छदार

काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदरारले सीमांकनमा संशोधन नभए प्रक्रियाबाट बाहिरिने चेतावनी दिएका छन्। संविधानसभामा संविधानको विधेयकमाथि छलफलमा भाग लिँदै गच्छदारले अहिलेको सात प्रदेशले जनताको सम्बोधन पुरा गर्न सक्दैन भन्दै सीमांकन सच्याउन आग्रह गरे। उनले पश्चिमका पहाडी जिल्ला र दुर्गम जिल्लालाई नेपालकै अंगको रुपमा समेट्न सकेपनि तराई मधेसलाई यो सीमांकनले समेट्न सक्दैन भनेका छन्। थारू र मधेसी आदिवासीको माग सम्बोधन गर्नका लागि आफूले अघि सारेको ८ प्रदेशको खाका उपयुक्त भएको उनले बताए। विजयकुमार गच्छदारले भने– ‘संविधानका विषयमा मेरा पनि aकेही कुरा होलान् त्यो छातिमा दबाएको छु। अघिल्लो संविधानसभामा कमल थापा र सिटौला संविधानसभामा हुनु हुदैनथ्यो। दुबैले इतिहास नविर्सौ। समिति सभापति सिटौला झापाबाट निर्वाचित भएका हुन्। पहिलो संविधानसभामा गणतन्त्रको प्रस्ताव सिटौलाले होइन दुई करोड ५० लाख जनताको तर्फबाट पेश भएको हो। चार जना नेताले कोठामा तयार पारेको होइन।’ उनले संविधानसभा बैठकमा आफ्नो मनमा भएका धेरै कुरा व्यक्त गर्न आफुले नचाहेको र नसक्ने भन्दै २ करोड ६४ लाख जनताको सार्वजनिक थलोमा आफ्नो कुरा रेकर्ड गराउन चाहन्छु कि अघिल्लो संविधानसभामा नभएका सभासददेखि ठूला दलका नेताहरू दुबै सभामा भएको बताए । उनले भने–‘ अघिल्लो संविधानसभामा संविधान दिन सकेनौं र दोस्रो संविधानसभामा अपार जनताको सहभागिताबाट गठित सभामा राप्रपा नेपाल ठूलो हैसियतमा आएको छ। हिजो साना दल रहेका यो सदनमा नहोला ठूलो एमाओवादी अहिले सानो भएको छ भने धेरै ठूलो शक्तिको रुपमा मधेसी मोर्चा अहिले कमजोर भएर सानो संख्यामा सिमित छ। यसको अर्थ हिजो उठाइएका आवाजहरु निरर्थक हुन भनि अहिले बहस हुनु गलत हो। नविसौं अघिललो अन्तरिम संविधान जारी गर्नु पूर्व मैले भनेको थिए त्यसले आदीवासी जनजाति, मुसलमान लगायतको सम्बोधन गरेको छैन भनेको थिए।’ अन्तरिम संविधान बदलियो र संघियताको कुरा आदीवासी र मधेको आन्दोलनले स्थापित गरेको भन्दै गच्छदारले भने –‘ त्यो विषय आज पनि हामीले सम्बोधन गर्न सकिरहेका छैनौ। अघिल्लो संविधानसभा र यो सभामा माघ ८ गते संघीयता, धर्मनिरपक्षता, शासकीय स्वरुपमा सहमति नभएपछि संविधान बनाउन नसकिएको हो।’ आफु अहिले चरम विवादका बाबजूद १६ बुँदे सहमति भएको थियो। आज संसारले देख्नेगरी हामी एक भएर उभिएका उनको भनाई थियो । गच्छदारले राजनीतिक समस्याको समाधान यही थलोबाट खोज्नु पर्छ। खोजिएन भने यो प्रक्रियाबाट र संविधानसभाबाट बाहिर जाने चेतावनी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्