नेभिगेशन
अन्य

कैलालीमा धोकापूर्ण ढंगले प्रहरीको हत्याः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संझौताको दस्तावेज भएकाले सवै बिषय समावेश गर्न नसकिने बताएका छन् । संविधानसभामा संविधानको विधेयकमाथि सुरु भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले कैलाली लगायतका स्थानमा भएको घटना त्यसको उदाहरण भएको बताए ।उनले हिंसा भड्काउने र संविधान निर्माण प्रक्रिया असफल बनाउने षड्यन्त्र भएको बताए । उनले भने–‘हिंसा भड्काउन खोजिएको छ । यो दुःखद हो । संविधान निर्माण प्रक्रिया विथाल्ने, समाजिक सद्भाव खलबल्याउने र विध्वंस मच्चाउने प्रयास भएका छन् ।’ एमाले अध्यक्ष ओलीले कैलालीमा धोकापूर्ण ढंगले प्रहरीमाथि हमला भएर हत्या भएको बताए । उनले जातीय वा साम्प्रदायिकता भड्काउन खोज्नेहरुबाट सजग रहनु पर्ने बताए । ‘घरमा सुतिरहेको बच्चालाई गोली हानेर मारिएको छ’ एमाले अध्यक्ष ओलीले भने– ‘यसले देखाउँछ परिस्थिति विथोल्न खोज्नेहरुले मानवियता बाँकी नभएको अवस्थामा पुर्याएको छ । यस्तो अमानवीय कुरासँग हामी होसियार हुनुपर्छ ।’ कुनै असहमति छन् भने सम्वाद गर्न सकिने भन्दै उनले हतियारको भाषा बोल्ने गैरजिम्मेवार तरिकाप्रति आफूहरु सहमत हुन नसक्ने बताएका छन् । उनले भने, –‘कहिँ कतै कमजोरी छन् भने संशोधन राख्न सक्छौं । तर, हिंसा भड्काएर आगजनी गरेर कुनै कुरा पुरा हुँदैन ।’ एमाले अध्यक्ष ओलीले संविधान सम्झौतासहितको सहमतिको दस्तावेज भएको भन्दै सबैका कुरा सामेल गर्न नसकिने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्