नेभिगेशन
अन्य

संविधान एउटा सम्झौताको डकुमेन्ट हो यसमा सबैका सबै भनाइ र मागहरु पूरा हुन सक्दैनःप्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा बोल्दै सबैको सहमतिबाट यो प्रतिवेदन पारित हुनुपर्ने बताएक छन्। सभामुखबाट २० मिनेट समय पाएका कोइरालाले १० मिनेट बोल्दै आफूलाई धेरै बोल्न नआउने र थोरै बोल्ने भन्दै सबै सभासदले संयमताका साथ आफ्ना कुरा राखी सबैको भावनामा ध्यान दिन आग्ह गरेका छन्। लामो समय लगाएर तयार पारेको प्रतिवेदनमाथि सबैले छलफल गरी सहमति गरी पारित गरी जानु पर्ने उनले बताए। मस्यौदा समितिका सभापतिलाई संविधान संशोधन समितिका सभापति सिटौला भन्दै उनले संविधानलाई सम्झौताको डकुमेन्ट भएको बताए। उनले भने, ‘संविधान एउटा सम्झौताको डकुमेन्ट हो यसमा सबैका सबै भनाइ र मागहरु पूरा हुन सक्दैन।’ संविधान समय समयमा परिमार्जन गर्न सक्ने उल्लेख गर्दै सबै सभासदले संयमताका साथ आफ्ना कुरा राखी सबैको भावनामा ध्यान दिन आग्रह गरे। उनले अब पनि रोक्ने काम गरे यति लामो समय लगाएर बनाएको मस्यौदाले पूर्णता नपाउने बताए। संवाद समितिमा लामो छलफल र सहमति गरी ल्याएको मस्यौदामा अझै पनि परिमार्जन गर्ने स्थान भएको भन्दै अहिले हामीले नसोचेका दुर्घटनाहरु घट्न थालेको बताए। सबै मिलेर संविधान बनाउन मस्यौदा संविधानसभामा आइसकेपछि अब कसैले पनि अब पनि आउदैन वा लम्बिन्छ भन्ने भ्रममा नबस्न आग्रह गरे। सबैले यो मस्यौदामा सबै कुरा पाउन नसक्ने भन्दै सबै एक ढिका भएर मुलुकमा उत्पन्न अशान्तिको अन्त्य गर्न र मुलुकलाई थप नोक्सानीबाट जोगाउन आग्रह गरे। ‘कतिपय ठाउँमा पुलिसका ज्यादतीबारे कुरा पनि उठेको छ। तर कुनै पनि सरकारले आफ्नो सुरक्षाकर्मीलाई सजगताका साथ शान्ति सुरक्षा कायम गर्नुपर्छ। हामीले ज्यादती नगर्न भनेका छौ र आन्दोलनकारीले पनि ध्यान दिनुपर्छ,’ कोइरालाले भने।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्