नेभिगेशन
अन्य

संघीय समाजवादी फोरम, तमलोपाद्वारा सदन संविधानसभा बहिष्कार

काठमााडौं । संविधानको परिमार्जित विधेयकमाथि संविधानसभामा आजबाट सुरु भएको सैद्धान्तिक छलफललाई संघीय समाजवादी फोरम नेपाल र तमलोपाले बहिष्कार गरेका छन्। बैठकको सुरूमा बोल्दै संघीय समाजवादी फोरमका अशोक राईले आफूसहित तमलोपाको संविधानसभा बहिष्कार निरन्तर रहेको भन्दै बैठकस्थलबाट बाहिरिएका छन्। यसअघि उनले बोल्दै कैलालीमा थारु जनताले आफ्नो अधिकारका लागि चलिरहेको आन्दोलनमा जे जस्तो घटना घट्यो त्यसले पिडा मात्रै हैन सबैलाई गम्भीर बन्न पनि सचेत गराएको बताएका छन्। राष्ट्रसेवकहरुको हत्या भएकोमा श्रद्धान्जली दिदै उनले भने, ‘नेपालीले नेपालीको हत्या गर्ने प्रक्रिया जुन अन्त्य हुने अपेक्षा हामीले गरेका थियौं, त्यो प्रक्रिया आज पनि निरन्तर जारी छ। थरुहटका थारू, कैर्णाली, मधेसका मधेसीहरु आफ्नो अधिकारका लागि संर्घष गरिरहेका छन्।’ विगतमा राज्यले उनीहरुका लागि देखाएको आशा अनुसार राम्रो र हाम्रो संविधान आउनु पर्नेमा आज आएको मस्यौदा त्यस्तो हुन नसकेको उनले आरोप लगाए। राष्ट्रगानदेखि शासकीय स्वरुप, संघीय प्रदेश हेर्दा गधालाई गाईको ट्याग झुन्डाएजस्तो गरी आएको भन्दै राईले जनताको हत्या हुने कार्य अझै पनि नरोकिएकोमा चिन्ता व्यक्त गरे। सेना परिचालन गर्ने निर्णय आपत्तिजनक भएको भन्दै उनले यो कार्य फिर्ता गर्न माग गरे। उनले प्रमुख दलका नेताले सहमति र विश्वासको वातावरण बनाउन विगतमा गरेका सहमतिको कार्यन्वयनको बचन दिएर सहमतिका आधारमा संविधान बनाउन लागि पर्न आग्रह गरे। अन्यथा यस्ले भोली ठूलो राजनीतिक पहिरो जान सक्ने बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्