नेभिगेशन
अन्य

संविधान निर्माणको प्रक्रिया छोट्याउने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको प्रक्रिया छोट्याउने प्रस्ताव अस्विकार गरेका छन् । मंगलबार साँझ बसेको चार दलको बैठकमा एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधान निर्माण प्रक्रिया छोट्याउने प्रस्ताव गरेका थिए । एमालेका एक नेताका अनुसार तीन शीर्ष नेताको प्रस्ताव सुन्ने वित्तिकै प्रधानमन्त्रीले यो विषयमा छलफल नै हुन सक्दैन भनेका थिए । ‘अहिलेकै प्रक्रिया अनुसार अघि बढ्दा संविधान निर्माणमा लामो समय लाग्ने भएकोले झनै अरु समस्याहरु बल्झिन सक्छ’ भन्दै तीन नेताले संविधानसभा नियामावलीका प्रावधानहरु छोट्याएर संविधान तत्काल जारी गरिहाल्नु पर्ने प्रस्ताव गरेका थिए । प्रत्येक धारामा छलफल गर्ने र संशोधन गरिहाल्ने समय र त्यसमा संशोधित विषयहरुको छलफल प्रक्रियालाई छोट्याउनु पर्ने उनीहरुको भनाइ थियो । तर प्रधानमन्त्री कोइरालाले सैब प्रक्रिया अहिलेकै अवस्थामा सञ्चालन गर्नुपर्छ भन्दै त्यो संविधान निर्माण प्रक्रिया छोट्याउने विषयतिरै नजाउ भनेका थिए । तीन शीर्ष नेताले संविधान जारी भइहाले त्यही संविधान ठिक छ कि बेठिक भनेर बहस हुने तर ढिला गरे अहिलेकै विषयमा अल्झरहेर थप जटिल परिस्थिति सिर्जना हुनसक्नेतिर संकेत गरेका थिए । उनीहरुले प्रधानमन्त्रीलाई नयाँ कोर्समा गए नयाँ विषयमा छलफल चलाउन सकिने । तर प्रक्रिया लम्ब्याएर ढिलो गरेमा संविधान जारी गर्न समस्या बढ्न सक्ने भन्दै संविधानसभा नियामावली संशोधन गरेर चाँडै नै संविधान जारी गर्न भनेका थिए । कान्तिपुरमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्