नेभिगेशन
अन्य

टीकापुरमा सेनाको बिहानैदेखि गस्ति

काठमाडौ । हिंसात्मक झडप भएको कैलालीको टीकापुर क्षेत्रलाई सामान्य बनाउन सेना परिचालन गरिएको छ । टीकापुरमा सोमवार भएको झडपमा वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो । वरिष्ठ प्रहरी अधिकारीको मृत्युपछि त्रसित बनेको कैलालीमा सरकारले दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा सम्भावित घट्नालाई ध्यान दिएर मंगलबार बिहानैदेखि नेपाली सेनाले गस्ती थालेको छ । कैलाली घटनापछि सोमबार नै बसेको सुरक्षा समितिको बैठकले कैलालीको साथै रौतहट र सर्लाही जिल्लालाई पनि संवेदनशील क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्