नेभिगेशन
अन्य

विचलित नभई खटिन निर्देशन

काठमाडौं । प्रहरी महारीक्षक उपेन्द्रकान्त अर्यालले मातहतका सबै प्रहरी कर्मचारीलाई बिचलिन नभई कार्यक्षेत्र खटिन निर्देशन दिएका छन्। महानिर्देशक अर्यालले सोमबार दिउँसो कैलालीमा अञ्चल प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित ५ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाबाट बिचलित नहुन निर्दशन दिएका हुन्। ‘नेपाल प्रहरीको इतिहासमा जस्तोसुकै कठिनाइ आउँदा पनि अडिग भएर काम गरेका उदाहरणहरू छन्’, महानिरीक्षक अर्यालले भने, ‘अहिले पनि विचलित नभइ काम गर्न निर्देशन दिन्छु।’ उनले जस्तोसुकै परिस्थिति आएपनि आफ्नो जिम्मेवारीबाट बिचलित नभइ कुशलता र व्यवसायिकताका साथ डटिरहन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्