नेभिगेशन
नेपाल समाचार

टिकापुरमा एसएसपीसहित २० को मृत्यु, ११ सशस्त्र, ६ नेपाल प्रहरी र ३ आन्दोलनकारी मारिए

काठमाडौं ।कैलालीकाे टिकापुरमा भएको भिडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यानेसहित २० जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार सशस्त्र प्रहरीका ११, नेपाल प्रहरीका ६ र आन्दोलनकारी तर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी एसएसपी लक्ष्मण न्यौपाने र इन्सपेक्टरहरु केशव बाेहरा र बलराम बिष्ट छन् । कैलालीको टीकापुरमा थरूटह पक्षधर आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। झडपमा परी एसएसपी, इन्सपेक्टरसहित ९ जना सुरक्षाकर्मी र केही आन्दोलनकारीको मृत्यु भएको छ। कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको हो। ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारी छुरा, भाला, बन्चरोसहितका हतियार लिएर सडकमा उत्रिएपछि हिंसात्मक झडप भएको हो। झडपमा परी नेपाल प्रहरीको एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टरद्वय बलराम विष्ट, केशव बोहोरा र एसएसपीका नाम नखुलेका सुरक्षा गार्ड तथा प्रहरी जवान लोकेन्द्र चन्दको मृत्यु भएको छ। यस्तै हवल्दार राम विहाही चौधरी र ललित साउदको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ। यद्यपी जिल्ला प्रशासन कार्यालयले भने औपचारिक पुष्टी गरेको छैन। प्रहरीतर्फ कम्तिमा ३० जना घाइते भएको पत्रकार दीपक उपाध्यायले बताए। घाइतेको टिकापुर अस्पतालमा उपचार भइरहेको छ। केही प्रहरी हराइरहेका छन्। प्रदर्शनकारी तर्फको हताहतीबारे जानकारी आएको छैन। उनीहरूलाई थप उपचारका लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको छ। प्रदर्शनकारीले घरेलु हतियारले आक्रमण गरेका छन्। बन्चरो र भाला प्रयोग गरेर प्रहरीको ज्यान लिएका हुन्। आन्दोलनकारीले केही सुरक्षाकर्मीलाई आगो लगाएर हत्या गरेका छन्। स्रोतका धेरैको हताहत भएपनि अहिलेसम्म यतिको मात्र पुष्टी भएको स्रोतले बतायो। प्रशासनले लगातार चार दिनदेखि लगाउँदै आएको कर्फयू र निषेधाज्ञा तोड्न खोज्दा भीडन्त भएको हो। जिल्ला प्रशासन कार्यालय टीकापुरले बिहान ११ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। थरुहट पक्षधरले टीकापुरको चारैतिरबाट निषेधाज्ञा तोड्ने प्रयास गरेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्