नेभिगेशन
अन्य

बन्दको दोस्रो दिन उपत्यकामा प्रभाव छैन, बाहिर जनजीवन प्रभावित

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको दुई दिने बन्दको प्रभाव सोमबार उपत्यकामा न्यून देखिएको छ। सडकमा निजी सवारी साधन चलेका छन्। यद्यपी भाडाका सवारी साधन भने केही कम चलेका छन्। बजार, पसल खुलेपनि स्कुल कलेज भने बन्द छन्। यसैबीच बन्द गराउँदै हिडेका महासंघका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। हिजो पनि जनजातिको बन्दलाई सर्वसाधारणले स्वःस्फूर्त रूपमा उल्लंघन गर्दै बजार पसल खोलेका थिए। सडकमा सवारी चलेका थिए। यस्तै उपत्यका बाहिर भने जनजातिसँगै मधेस केन्द्रीत दल र थारूहरूले गरेको बन्दले जनजीवन प्रभावित भएको छ। प्रदेशहरुको सीमाकंन पहिचानमा आधारमा हुनु पर्ने, जनजाति आयोग बनाउनु पर्ने लगायतका माग राख्दै जनजाति महासंघले नेपाल बन्द गरेको हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्