नेभिगेशन
अन्य

डा. केसी आज अनशन थाल्दै

काठमाडौं । चिकित्सा शिक्षा नीतिसम्बन्धी डा. केदारभक्त माथेमा नेतृत्व कार्यदलको प्रतिवेदन कार्यान्वयननिम्ति र उपकुलपति नियुक्तिको भागबन्डाविरुद्ध वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी सोमबारदेखि छैटौंपटक आमरण अनशन बस्ने भएका छन्। चिकित्सा शिक्षासम्बन्धी प्रतिवेदन र त्रिविलगायत विश्वविद्यालयमा उपकुलपति सिफारिसमा सरकारले देखाएको रबैयाले आशा भंग भएको भन्दै डा. केसी सोमबार ४ बजेदेखि आमरण अनशन बस्न लागेका हुन्। ‘कतै पनि इमानदारिता र नैतिकता बचेको रहेनछ,’ उनले भने, ‘फेरि पब्लिकमा जानुको विकल्प रहेन।’ डा. केसीले आफूले साउन ८ मा अल्टिमेटम दिएयता मात्रै तीनपटकसम्म मिति सारेर सरकारलाई समय दिँदा पनि सरकारी अधिकारी ध्यान आफूलाई बेवकुफ बनाउने प्रयासमा मात्रै लागेको महसुस भएको बताए।‘ुसरकारी अधिकारीहरू जनतालाई समेत बेवकुफ बनाउन खोज्दैछन्, उनले भने, ‘अब यो सह्यै छैन।’ डा. केसीले सरकारले अघिल्लो अनशनका क्रममै कार्यान्वयन गर्छु भनेको चिकित्सा शिक्षासम्बन्धी प्रतिवेदन कार्यान्वन नगर्न खोजेको आरोप लगाए। आफूले चार वर्षदेखि नै शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक भागबन्डामुक्त गर्न आन्दोलन गरिरहेको जनाउँदै उनले सरकारले पटकपटक प्रतिबद्धता गरे पनि विश्वविद्यालयमा उपकुलपति सिफारिस भागबन्डाबाट गरिएको बताए। समाचार नागरिक दैनिकमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्