नेभिगेशन
अन्य

चार विश्वबिद्यालयमा उपकुलपति सिफारिस

काठमाडौं । उपकुलपतिविहीन भएका मुलुका सात विश्वविद्यालयमध्ये चारवटामा नियुक्तीका लागि शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले प्रधानमन्त्री सुशील कोइरालासँग सिफारिस गरेको छ । मुलुककै सबैभन्दा ठूलो र पूरानो त्रिभुवन विश्वद्यिालयमा प्राध्यापक डा. तीर्थ खनिया, पूर्वान्चलमा घनश्यामलाल दास , नेपाल संस्कृतमा कुलप्रसाद कोइराला र सुदुरपश्चिमान्चलमा भूषण श्रेष्ठ उपकुलपतिमा सिफारिस भएका छन् । सिफारिस गरिएकाहरुमध्ये सबैलाई आइतबार नियुक्तीसम्बन्धी निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्री कोइराला तथा समितिका संयोजक र सदस्यबीच उपकुलपति नियुक्तिको विषयमा शनिबार छलफल भएको थियो । छलफलका क्रममा सिफारिस समितिले नाम सिफारिस गरेको हो । २३ साउनदेखि सातवटा विश्वविद्यालयमा उपकुलपति पद रिक्त छन् । सात विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा उपकुलपति नियुक्ति गर्न लागिएको स्रोतको दाबी छ । अहिले कांग्रेसको भागमा परेका विश्वविद्यालयका लागि नाम सिफारिस भएको स्रोतको भनाइ छ । बाकी तीनमध्ये दुईवटा विश्वविद्यालयमा एमाले र एउटामा एमाओवादीनिकट प्राध्यापकलाई नियुक्त गर्ने सहमति भएको छ । तत्कालीन प्रधानमन्त्री तथा कुलपति झलनाथ खनालले २३ साउन ०६८ सातवटा विश्वविद्यालयमा एकैपटक उपकुलपति नियुक्त गरेका थिए । त्यसवेला चारवटा विश्वविद्यालयमा एमालेनिकट प्राध्यापकलाई उपकुलपति नियुक्ति गरिएको थियो । अहिले कांग्रेसको भागमा नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयसहित चारवटा विश्वविद्यालय परेका छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्