नेभिगेशन
अन्य

बन्दको आंशिक प्रभाव, ६० जना बन्दकर्ता समातिए

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले गरेको बन्दका कारण उपत्यकाको जनजीवनमा आंशिक रुपमा प्रभाव परेको छ । न्युन मात्रामा सार्वजनिक विारी साधन चलेका छने भने ट्याक्सी र मोटरसाइकल सडकमा गुडेका छन् । बौद्ध, कलंकी र बालाजु क्षेत्रमा गाडीमा तोडफोड भएको छ । बन्द गराउँदै हिँडेका ६० जनाभन्दा बढीलाई काठमाडौं प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । उनीहरुलाइ महाराजगंजमा राखिएको छ । चोक चोकमा प्रहरी खटाइएको छ । पहिचानमा आधारमा प्रदेशहरुको सीमांकन गर्नु पर्ने, माग राख्दै जनजाति महासंघले बन्दको आह्वान गरेको हो । बन्दका कारण उपत्यकाबाट छुट्ने सवारी साधन भने चल्न सकेनन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्