नेभिगेशन
अन्य

प्रधानमन्त्रीबाट चलचित्र तीन घुम्तीको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले पूर्व प्रधानमन्त्री एवम् साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘तीन घुम्ती’ उपन्यासमा आधारित चलचित्र तीन घुम्तीको जय नेपाल हलमा शुभारम्भ गरे । शुभारम्भपछि प्रधानमन्त्री कोइरालाले सो चलचित्र पुरै समय हेरेका थिए । नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, अर्थ मन्त्री डा रामशरण महत, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, शिक्षा मन्त्री चित्रलेखा यादव, काँग्रेस नेता डा शेखर कोइरालालगायतले साथ दिएका थिए । बाबुराम ढकालद्वारा निर्देशित सो चलचित्रमा गरिमा पन्त, ध्रुव दत्त, मदनदास श्रेष्ठ, भुवन चन्दलगायतले अभिनय गरेका छन् । चलचित्र नारीप्रधान रहेको निर्मातामध्येका एक गोपालप्रसाद सुवेदीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्