नेभिगेशन
अन्य

स्वामी प्रपन्‍नाचार्यको निधन

काठमाडौं । स्वामी डा. प्रपन्‍नाचार्यको निधन भएको छ। आज बिहान पशुपतिको मृगस्थलीमा ९२ वर्षको उमेरमा निधन भएको हो। स्वामी प्रपन्‍नाचार्यको शरीर श्रद्धाञ्‍जलीका लागि पशुपति मृगस्थलीमा राखिने भएको छ। उनको जन्‍म १९८० सालमा पूर्वी पहाडी जिल्ला पाँचथरको लालीखर्कस्थित वरडाँडामा भएको थियो। पूर्वीय दर्शनका ज्ञाता प्रपन्‍नाचार्यको वास्तविक नाम काले राई हो। उनले ३० वर्षको उमेरबाट शिक्षा प्रारम्‍भ गरेका थिए। उनले वनारसबाट सर्वमान्य शाश्‍वत ग्रन्थ वेदलाई रोजी वेदान्तमा आचार्य र दिल्ली राष्ट्रिय संस्थानबाट वेदान्तनयभूषणम् शोधग्रन्थमार्फत विद्यावारिधि उपाधि स्वामी प्रपन्‍नाचार्यले पाएका थिए। उनले भारतको उत्तरप्रदेशस्थित इलाहाबाद, मध्यप्रदेशस्थित उज्जैन, महाराष्ट्रस्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा विश्वका चार ठूला महाकुम्भ लाग्दै आएका थिए। यस्तै जगद्‌गुरु बालसन्तले सुनसरी जिल्लाको चतराधाममा महाकुम्भ लाग्ने शास्त्रीय प्रमाण जुटाएर २०५९ सालमा महाकुम्भ सम्‍पन्‍न थिए। वेदमा के छ पुस्तकबाट चर्चामा रहेका डा. स्वामी प्रपन्‍नाचार्यले नौ दशकको जीवनमा सयौं दुःखका पहाड चढे तर उनी जीवनदेखि कहिल्यै असन्तुष्ट भएनन्। जवानीमा जतिसुकै समस्या आए पनि हाँसीहाँसी पचाउने उनलाई अन्तिम अवस्थाको मात्र चिन्ता थियो। प्रपन्नाचार्यले विश्‍वका २० भन्दा बढी देशको भ्रमण गरेका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्