नेभिगेशन
अन्य

बिमलको ह्‍याट्रिकमा नेपाल साफ यू १९ मा विजयी

काठमाडौं । विमल घर्तीमगरको हृयाट्रिक गोलमा नेपालले साफ यू १९ च्याम्पियनसिपमा राम्रो सुरुआत गरेको छ । नेपालले बिहीबार भुटानविरुद्ध ३–१ गोलको जित निकाल्यो । नेपालको लागि कप्तान बिमलले ह्‍याट्रिक गरे । उनले खेलको १०, २९ र ६२ औं मिनेटमा गोल गरेका हुन् । विमलको पहिलो गोलको एक मिनेटपछि नै भुटानले खेल बराबरीमा ल्याएको थियो । भुटानबाट सोनम तोग्बेले गोल गरे । तर विमलले सानदार स्किल देखाउदै नेपाललाई विजयी सुरुआत दिलाए । राष्ट्रिय टोलीबाट पनि प्रतिनिधित्व गरिसकेका विमलले दोस्रो हाफमा भने नेपालले पाएको पेनाल्टी बाहिर हान्न पुगे । २ वर्ष अघि नेपालले साफ यु–१६ च्याम्पियनसिपमा भुटानलाई ७–० ले पराजित गरेको थियो । दुवै टोलीमा अहिले त्यही समयका अधिकांश खेलाडी छन् । साफ यु–१९ च्याम्पियनसिपको यो पहिलो संस्करण हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्