नेभिगेशन
अन्य

गुन्डा नाइके कुमार ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं । प्रहरी इन्काउन्टरमा डन कुमार घैंटे मारिएका छन् । गम्भीर घाइते भई शिक्षण अस्पताल पुर्‍याएकोमा अस्पतालले उनलाई मृत घोषण गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सामाखुसी कपुराधारास्थित ब्रिटिस चिहान नजिकै घैंटे र प्रहरी उनलाई गोली हानेको थियो । उनको टाउकोमा गोली लागेको छ । प्रहरीमाथि नै गोली हान्ने खोजेपछि प्रहरीले उनलाई इन्काउन्टर गरेको हो । घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो । महानगरीय अपराध महाशाखामा एसएसपी सर्वेन्द्र खनालको सरुवा भएपछि उनले गुण्डागर्दीविरुद्ध कडा अप्रेसन चलाउन लागेका हुन् । राजनीतिक संरक्षणमा गुण्डागर्दी फस्टाउदै गएपछि प्रहरी कडा रुपमा प्रस्तुत हुन लागेको हो । मुठभेडमा अपराध महाशाखाका असईद्धय रंजित लामा र हेमन्त चन्दसहित तीन प्रहरी पनि घाइते भएका छन् । घाइते प्रहरीको बीर अस्पतालमा उपचार भइरहेको महानगरीय अपराध मशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए । खनालले घैंटेका दुई जना सहयोगी समेत घाइते भएको बताए । उनका अनुसार बिहान ११ बजे राजधानीको सामाखुसी कपुराधारास्थित ब्रिटिस चिहान नजिकै घैंटे र प्रहरीको जम्काभेट भएको थियो। घैंटेले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रतिकार गर्न प्रहरीले गोली चलाएको उनले बताए। कुख्यात डन दिनेश अधिकारी चरी मारिएपछि घैंटे मलेसियामा बस्दै आएका थिए। वैशाख १२ गतेको महाभूकम्पपछि उनी नेपाल फर्किएका थिए। नेपाली कांग्रेसका नेताहरुसँग निकट मानिएका उनले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलनमा समेत जुटेका थिए। उनले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालाई राहत हस्तान्तरणसमेत गरेका थिए। केही अघिमात्र उनले एसएलसी उत्तीर्ण भएका विद्यार्थीलाई सहयोग गर्न सामाखुसी युथ क्लबमा कार्यक्रम आयोजना गरेका थिए। जसको प्रमुख अतिथि शिक्षामन्त्री चित्रलेखा यादव सहभागी थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्