नेभिगेशन
अन्य

सार्क अर्थमन्त्री स्तरीय वैठक सुरु

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थमन्त्रीस्तरीय सातौं बैठक काठमाडौमा सुरु भएको छ । काठमाडौँको होटल सोल्टीमा जारी बैठकमा समग्र सार्कको आर्थिक विकासका विषयमा छलफल हुने अर्थ मन्त्रालयका अर्थसचिब सुमनप्रसाद शर्माले जानकारी दिए । बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गरेका छन भने अध्यक्षता अर्थमन्त्री डा रामशरण महतले गरेका छन् । बैठकले भूकम्पपछि पनि नेपालले अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्न सक्षम छ भन्ने सन्देश दिने सचिव शर्माले विश्वास व्यक्त गरे । अर्थमन्त्रीस्तरीय छैटौँ बैठक श्रीलङ्काको कोलम्बोमा सन् २०१३ को अगष्टमा सम्पन्न भएकोे थियो । अठारौं सार्क शिखर सम्मेलन, नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसिएनआर) सफलतापूर्वक आयोजनापछि अन्तर्राष्ट्रियस्तरको यो नै ठूलो सम्मेलन नेपालले गर्न लागेको हो । सचिव शर्माका अनुसार सार्क क्षेत्रको आर्थिक एवम् सामाजिक क्षेत्रका साझा मुद्दाका विषयमा बैठकमा छलफल हुनेछ । यो बैठकले मन्त्रिस्तरीय बैठकको अध्यक्षता नेपाललाई हस्तान्तरण गर्नेछ । बैठकको मुख्य कार्यसूचीमा सार्कका सदस्य राष्ट्रबीचमा आर्थिक गतिविधिमा कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने विषय र छैटौँ बैठकमा भएका निर्णय तथा सुझावको कार्यान्वयनको अवस्थाका विषयमा छलफल हुनेछ । बैठकमा सार्क क्षेत्रमा लगानीको अवस्थामा सुधार गर्ने, गभर्नरस्तरीय बैठक, साझा मुद्राको प्रचलन र सार्कस्तरमा सबै राष्ट्रको मुद्रा चलनचल्तीमा आउने अवस्था सिर्जना गर्ने विषयमा छलफल हुने जनाइएको छ । अर्थसचिव शर्माले मुद्राका विषयमा साझा धारणा बनाउन सकियो भने सार्क क्षेत्रमा व्यापार सहज हुने र सदस्य राष्ट्रलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । बैठकमा सार्क विकास कोषको गतिविधि पनि बढाउने र कोषबाट भएका कार्यक्रमको समीक्षा, सार्क लगानी बैंकको विषयमा निरन्तर छलफल हुने र क्षेत्रीयस्तरको व्यापार प्रवद्र्धनका विषयमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्