नेभिगेशन
अन्य

आन्दोलन उचाल्न सहिदको मूल्य पचास लाख तोकियो

x काठमाडौं । मधेस केन्द्रित दलहरुको बुधबार बसेको बैठकले आन्दोलनका क्रममा मधेसमा कसैले ज्यान गुमाए सहिद घोषणा गरेर प्रादेशिकक सरकार बनेपछि पचास लाख क्षतिपूर्ति निर्णय गरेको छ । मधेस केन्द्रित दलहरु संलग्न संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको बुधबार बसेको बैठकले यस्तो विवादास्पद निर्णय गरेको हो। मधेसमा आन्दोलन उचाल्न र जनतालाई भड्काउनका लागि पहिले नै ज्यानको मूल्य पचास लाख तोकेर सहिदको अपमान गर्न खोजेको भन्दै यो निर्णयको सबैतिरबाट आलोचना गरिएको छ। आन्दोलनमा उत्रन जनतालाई लोभ्याउने मनसायले मृतकका परिवारका एक सदस्यलाई रोजगारी र निशुल्क शिक्षा दिने हचुवापूर्ण निर्णय पनि उनीहरुले सार्वजनिक गरेका छन्। मोर्चाका नेताहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ, थरुहट र मधेशलगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने प्रादेशिक सरकारले शहिद परिवारलाई पचास लाख आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रादेशिक सरकारले वहन गर्नेछ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ। विज्ञप्तीमा राजेन्द्र महतो, उपेनद्र यादव, महन्थ ठाकूर र रामनरेश यादवले हस्ताक्षर गरेका छन्। पचास लाख प्रलोभन देखाएर जनतालाई मर्न अपिल गरेको भन्दै सामाजिक सञ्जालमा मधेस केन्द्रित दलहरुले गरेको यो निर्णयको चर्को निन्दा गरिएको छ। सद्‍भावनाका अध्यक्ष राजेन्द्र महतोले भने, ‘मधेस र थरुहट प्रदेशका लागि सहिद हुनेलाई प्रादेशिक सरकार बनेपछिपचास लाख आर्थिक सहयोग दिने निर्णय गरेको हौं‌। यो अधिकार प्राप्तीको लडाइ हो। त्यो प्राप्तीको सम्मानमा उनीहरुले पाउने हो।’ अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्