नेभिगेशन
अन्य

आयल निगममा अवैधानिक रुपमा बढुवा गरिएको खुलासा

काठमाडौं । नेपाल आयल निगममा नियमविपरित १६ जना अधिकृतस्तरका कर्मचारीहरुको बढुवा भएको रहस्य खुलेको छ । कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले अनियमित तबरले ८० जना कर्मचारीहरु करारमा नियुक्त गरेको घटना सेलाउन नपाउँदै अर्को खुलासा भएको हो । आयल निगमसम्बद्ध स्रोतका अनुसार खड्का र निगमका तत्कालिन प्रशासन विभाग प्रमुख मुकुन्द घिमिरेले गोप्य तरिकाले ती कर्मचारी नियुक्ती र बढुवा गरेको खुल्न आएको छ । आर्थिक राष्ट्रिय दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्