नेभिगेशन
अन्य

प्रदेश संख्यामा फेरि बखेडा

काठमाडौं । देशका विभिन्न भागमा भइरहेका आन्दोलनको माग सम्बोधन गर्ने गरी सीमांकनको पुनरावलोकनको तयारीमा रहेका प्रमुख दलका शीर्ष नेताबीच प्रदेश संख्यामा फेरि विवाद भएको छ । कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेता सम्मिलित विशेष समितिको बुधबार अबेररातिसम्म बसेको बैठकमा विवाद बल्झिएको हो । ६ प्रदेशको प्रस्तावित सीमांकनप्रति असन्तुष्टि जनाउँदै आन्दोलित पश्चिम तराई, मध्यपपश्चिम र कर्णालीको माग सम्बोधन गर्ने गरी विभिन्न विकल्पमा नेताहरुबीच ६ घण्टा छलफल भएको थियो।कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्