नेभिगेशन
अन्य

भारतको हिमाचल प्रदेश मध्यरातमा भुकम्प

काठमाडौं । गएराती भारतको हिमाचल प्रदेशको मंडी जिल्लामा भुकम्पको झट्का महसूस भएको छ । मध्यरातमा भुकम्पको झट्का महसुस भएपछि मान्छेहरु बाहिर निस्केको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । स्थानिय समय अनुसार राती १२ वजेर ४८ मिनेट जाँदा गएको सो भुकम्प ४ रेक्टर स्केलको भएको भारतिय मौसम बिभागलाई उदृत गर्दै भारतिय संचारमाध्यमले जनाएका छन् । भुकम्पका कारण हाल सम्म कुनै क्षति भएको विवरण आएको छैन् । यसअघि पनि अगस्ट १० तारिखमा दिल्ली– एनसीआर समेत उत्तर भारतीय क्षेत्रमा भुकम्पको झट्का महसुस भएको थियो । सो भुकम्पको केन्द्र बिन्दु अफगानिस्तान थियो । सो समय भुकम्पले झण्डै ४० सेकेण्ड हल्लाएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्