नेभिगेशन
अन्य

सात वर्षको रेकर्ड तोड्यो सेयर बजारले

काठमाडौं । सेयर बजारले अहिलेसम्मको सर्वाधिक उच्च विन्दुलाई क्रस गरेर रेकर्ड तोडेको छ। बुधबार सेयर बजार परिसूचक साढे १ बजे ११७८ पुगेको छ। नेपालको सेयर बजारको अहिलेसम्मको उच्च विन्दु ११७५ हो। बाणिज्य बैंक तथा वित्तिय संस्थाहरुको पुँजी बढाउने निर्णयपछि २०६५ मा भदौं‌मा शेयर बजार परिसूचक ११७५ बिन्दु छोएको थियो। त्यसपछि बजार ओरालो लागेको थियो। पुँजी बढाउने राष्ट्रबैंकको नीति, संविधानको सुनिश्‍चिता र अनिवार्य डिम्याट पद्धतिको सुरुवातसँगै सेयर बजार आकासिएको छ। सोमबार मात्रै सेयर बजार परिसूचक ४५ अंकले बढेको थियो भने मंगलबार पनि दुई अंकले बढेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्