नेभिगेशन
अन्य

आज नाग पञ्चमी, नागको पूजा अर्चना गरि मनाइदै

काठमाडौं । घरको मूलढोकामाथि नागको चित्र टाँसी पूजा अर्चना गर्दै आज नाग पञ्चमी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै नुहाइधुवाइ गरी चोखो भई घरमा लिपपोत गरी शुद्ध गरिसकेपछि घरको मूलढोकामाथि नागको चित्र गोबरले टाँसेर गाईको दुध र दुबो चढाई पूजा अर्चना गरिन्छ । रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले नागहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजाअर्चना गर्ने चलन रहेको जनविश्वास छ । यस दिन विशेष गरी अष्टनाग अनन्त, वासुकी, पद्मनाभ, महापद्मनाभ, तक्षक, कुलीर, कर्कट र शंखपाल नागलाई पूजा गरिन्छ । यस दिन कालिय नागको बासस्थान रहेको ललितपुरको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा विशेष मेला लाग्ने गर्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्