नेभिगेशन
अन्य

विवाद चर्केपछि फोरम लोकतान्त्रिकको बैठक अन्यौलमा

काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको राजनीतिक समिति बैठक फेरि सरेको छ । बिहीबारदेखि तीन दिन चलेर स्थगित बैठकमा समिति पदाधिकारी र सदस्यले सीमांकनमाथि तीव्र आपत्ति जनाएपछि अध्यक्ष विजयकुमार गच्छदारले आफ्नोसमेत असहमतिका बीच संविधानको बाटो खोल्ने जिम्मेवारी उठाएको भनी सम्झाएका थिए । चार मुख्य दलले सीमांकन खाकामा हेरफेरसहित संविधानसभामा विधेयक पेस गरेपछि बैठक जारी रहने फोरम लोकतान्त्रिकका सचिव चन्द्रेश्वर शर्मा खत्वेले जानकारी दिए । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्