नेभिगेशन
अन्य

बन्दका बिषयमा बैद्य माओवादी र उपेन्द्रको फोरमवीच विवाद

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी, मधेसवादी र आदिवासी जनजाति लगायतका दलहरुले आयोजना गरेको नेपाल बन्दलाई लिएर आयोजक पार्टी तथा समुहका वीच विवाद चर्किएको छ । द्धन्दका कारण माओवादीले आज दिउसो बन्द फिर्ता गर्ने घोषणा ग¥यो भने मधेशी दलहरुले बन्द कायम रहेको बिज्ञप्ती निकाले । नेपाल उखान छ बाख्रा बाख्र सिङ भेडा भेडा सिङ । तर यो उखानको विपरित जारी हुन लागेको संविधानको बिरोधमा एकै ठाँउमा देखिएको बैद्य माओवादी र मधेशी दलहरुका बीचमा अन्तत विवाद चर्केर अलग अलग ध्रुवमा बिभाजित भएको छन् । दुई दिने बन्दको दोश्रो दिन आज दिउँसो १ बजेदेखि फिर्ता हुने र १२ बजे रत्नपार्कमा सभा गर्ने माओवादीले तयारी गरेपछि दुई समुहका बीचमा द्धन्द सृजना भएको हो । तर, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको केन्द्रीय तदर्थ समितिले आजको बन्द फिर्ता नलिएको भन्दै बेलुका ४ बजेसम्म जारी रहने जनाएको थियो । तर, वैद्य माओवादीका नेताले भने दिउँसोदेखि बन्द फिर्ता लिने सहमति भएको दोर्होयाएका छन् । बैद्य माओवादीले पुर्व सहमति अनुसार नै आज १ बजे रत्नपार्कको शान्ति बाटिकामा संयुक्त सभा लागिएको दाबि गरेको छ । दुई दिन बन्दको आयोजना गर्नेहरुमा वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाका साथै तमलोपा, संघीय समाजवादी फोरम, सदभावना पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, तराई मधेस समाजवादी पार्टी र आदिवासी जनजाति पार्टी थिए । अन्य पार्टीसँग औपचारिक हस्ताक्षर नगरिकन बैद माओवादी नेताले १ बजेबाट बन्द फिर्ता हुने सूचना दिएका भन्दै तमलोपा, संघीय समाजवादी फोरम, सदभावना पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, तराई मधेस समाजवादी पार्टीले आपत्ती जनाएका छन् । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । वैद्य माओवादीसँग मिलेर गरेको दुई दिने नेपाल बन्दको अन्तिम दिन आज मोर्चाले विज्ञप्ति जारी गरी मधेश–तराई–थरुहट बन्द तथा आम हड्तालको कार्यक्रम अनिश्चितकालको लागी निरन्तर जारी रहने बताएको हो । संघीय समाजवादी अध्यक्ष उपेन्द्र यादव तमलोपा अध्यक्ष महन्थ ठाकुर सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपाका नेता रामनरेश रायले संयुक्त विज्ञप्ति जारी गर्दै यसअघि भएका आन्दोलन र सहमतिको पालना नगरी चार दलका नेताले मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्य गरेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । संविधानको मस्यौदाले जातीय–राष्ट्रिय पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता आदिलाई धरापमा पारेको भन्दै मोर्चाले यसको विरोधमा भएका प्रदर्शमा सरकारले दमन गरेको बताएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्