नेभिगेशन
अन्य

संसदमा उपेन्द्र यादव, अमरेशकुमार सिंह र राजेन्द्र महत्तोलाई कारवाही अगाडि बढाइयो

काठमाडौं । साम्प्रदायिक हिंसा र जाति द्धन्द चर्काउन खोजेको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहित रोजेन्द्र महत्तो र सभासद अमरेशकुमार सिंहलाई संसदले छानविन प्रक्रिया अगाडि बढाएको छ । । आज ब्यवस्थापिका संसदमा गृहमन्त्री बामदेव गौतमले सभासदहरुले नै द्वन्द्व चर्काउने, जातीय आवेग उत्पन्न गराउने अभिब्यक्ति दिनु दुखद भन्दै कारबाही अगाडि बढाउन उनीहरुले गरेको भाषणको अडियो र त्यसको लिखित रुप सभामुख सुवासचन्द्र नेम्वाङलाई बुझाएका छन् । गृहमन्त्री बामदेव गौतमले सभासदहरुले अमरेशकुमार सिंह र उपेन्द्र यादवले कैलालीको टीकापुरमा भएको कार्यक्रममा द्वन्द्व चर्काउने र जातीय आवेग उत्पन्न हुने अभिव्यक्ति दिएको भन्दै यसबारे छानबिन गर्न संसदको ध्यानाकर्षण गराएका छन् । आज ब्यवस्थापिका संसदमा जवाफ दिँदै गृहमन्त्री गौतमले सभासदहरुले नै द्वन्द्व चर्काउने, जातीय आवेग उत्पन्न गराउने अभिब्यक्ति दिनु दुखद भन्दै कारबाही अगाडि बढाउन उनीहरुले गरेको भाषणको अडियो र त्यसको लिखित रुप सभामुख सुवासचन्द्र नेम्वाङलाई बुझाएका छन् । ‘माननीय सभासद ज्यूहरुले द्न्द्व चर्काउने र जातीय आवेग उत्पन्न गराउने गैर जिम्मेवार अभिव्यक्ति दिनु दुखद कुरा हो’ संसदमा बोल्दै गृहमनत्री गौतमले भने ‘यसमा सरकारको ध्यानाकर्षण भएको छ ।’ केही दिनघि थारु समुदायको आन्दोलनमा संबोधन गर्न कैलालीको टीकापुर पुगेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंह र सद्भभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय सार्वभौमिकता विरुद्ध अभिब्यक्ति दिएको भन्दै हिजोको ब्यवस्थापिका संसदमा सभासदहरुले गृहमन्त्रीको जवाफ मागेका थिए । गृहमन्त्रीले दिएको अडियो र त्यसको लिखित रुप बुझाएपछि सभामुख नेम्वाङले त्यसबारेमा अध्ययन गर्न संसदको राज्य ब्यवस्था समितिलाई निर्देशन दिएका छन् । उपेन्द्र यादव र अमरेश सिंह सभासद छन् भने महतो पूर्व सभासद हुन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले देश टुक्राउने अभिव्यक्ति दिन सांसदहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको व्यवस्थापिका संसदलाई जानकारी दिएका छन् । त्यस्ता अभिव्यक्ति दिने सांसदले बोलेका विवादास्पद अभिव्यक्तिको अडियो रेकर्ड समेत गौतमले आज सदनमा पेस गरेका छन् । सामाजिक सद्भाव भड्काउने, जनतालाई हतियार उठाउन भन्दै भाषण गर्ने सांसदप्रति व्यवस्थापिका संसद र सभामुख समेतको ध्यानाकर्षण हुनुपर्ने गृहमन्त्री गौतमको भनाई थियो । मधेस केन्द्रित दलका सांसद उपेन्द्र यादव, राजेन्द्र महत्तो, कांग्रेसका अमरेशकुमार सिंहसहितले पश्चिम तराईमा गरेको भाषण विवादास्पद भई जनस्तरबाट पनि विरोध भएको थियो । गृहमन्त्री गौतमले मुलुकका विभिन्न जिल्लामा मस्यौदामा सुझाव दिने क्रममा भएका घटनाको सदनलाई जानकारी गराएका थिए । जुम्ला, मुगु, सुर्खेत, कैलाली, नवलपरासीसहित जिल्लामा भएका हिंसात्मक घटना, तनावबारे उनले जानकारी गराएका थिए । व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिई बोल्दै गौतमले हिन्दु राष्ट्र माग गर्दै राप्रपा नेपालले नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा निषेधित घेरा तोडेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको बताएका थिए । त्यस्तै गौतमले जुम्लामा लगाइएको कर्फ्यू, मुगुमा सरकारी वकिलको कार्यालयमा भएको तोडफोडबारे पनि जानकारी दिएका थिए । उपप्रधानमन्त्री गौतमले सुर्खेतमा आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई १० १० लाख रुपैयाँ दिने र घाइतेको उपचार गर्ने पनि बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्