नेभिगेशन
अन्य

बन्दले जनजीवन प्रभावित, सार्वजनिक सवारी चलेनन्, कालीमाटीमा भारतीय गाडीमा आगजनी

काठमाडौं । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलेका छैनन् । साझा यातायात भने चलेको छ । यस्तै निजी सवारी भने हिजोको भन्दा बढी चलेका छन् । मुख्य चोकहरुबाहेक अन्यत्र पसलहरु पनि खुलेका छन् । सीमांकनको विरोधमा बैद्य माओवादी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, लिम्बुवानसहितका पार्टीले हिजो र आज दुई दिने बन्द आह्वान गरेका छन् । यसैबीच बन्दकर्ताले कालीमाटीमा एक भारतीय नम्बर प्लेटको गाडी जलाएका छन् । उनीहरुले बीआर ०६ पी ३९८० नम्बरको भ्यानलाई जलाएको बन्दकर्ताले जनाएका छन् । त्यस्तै बल्खुमा रिङरोडमा गुड्ने यात्रुबाहक बसमा तोडफोड गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्