नेभिगेशन
अन्य

जुम्लामा कर्फ्यू, प्रहरीको गोलीबाट सात घाइते

जुम्ला । कर्णाली स्वायत्त प्रदेशको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले सरकारी कार्यालय तोडफोड गर्नुका साथै प्रहरीलाई हातपात गरेका छन् । आन्दोलन नियन्त्रण त्राहिर जान थालेपछि स्थानीय प्रशासनले आज आइतबार साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । त्यसअघि आन्दोलनकारीले सरकारी कार्यालयको बोर्ड निकालेर फ्याँकेपछि सदरमुकाम खलंगामा तनाव उत्पन्न भएको थियो ।स्स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलाएको गोली लागि सात जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था चिन्ताजनक छ । उनलाई नेपालगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । आन्दोलनकारीले प्रहरीलाई नियन्त्रणमा लिएर समेत कुटपिट गरेका छन् । आन्दोलनकारीको कुटाइबाट प्रहरी र सशस्त्र प्रहरीका गरी चार जना घाइते भएका छन् । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको बोर्ड निकालेर फालेका छन् । आन्दोलन अराजक बन्दै गएपछि आइतबार मात्र प्रहरीले २९ राउण्ड गोली चलाएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्