नेभिगेशन
अन्य

दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले दुईवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतबाट स्वीकृत गरेको छ । बैठकले ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७१ र मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध – पहिलो संशोधन)विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । दुवै प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले सदनसमक्ष प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्