नेभिगेशन
अन्य

काठमाडौंका बिभिन्न ठाँउबाट १०० बन्दकर्ता पक्राउ

काठमाडौं । काठमाडौंमा मात्रै बन्द गराउँदै हिड्ने १०० जनालाई प्रहरील काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ गरिएका सबैलाई महाराजगञ्ज प्रहरी गणमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। प्रहरीले शनिबार साँझ पक्राउ गरेका ११ जनालाई भने महानगरीय प्रहरी वृत दरबारमार्गमा राखिएको उनले बताए। प्रहरीले आइतबार देशका अन्य स्थानबाट पनि बन्दकर्ताहरुलाई पक्राउ गरेको जनाएको छ। मोरङको टंकी­–४ स्थित गङ्गा चोकबाट संघीय समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष महेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै गुडिरहेको ट्रकमा ढुङ्गा प्रहार गरेपछि प्रहरीले मकवानपुरको हेटौंडामा ३ जनालाई नियन्त्रणमा लिएको छ । झापा, बाँके लगायतका स्थानमा पनि गुडिरहेको गाडिमा ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ। ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले बन्दको आव्हान गरेका हुन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्