नेभिगेशन
अन्य

बन्दको विरोधमा युवाहरुद्धार माइतीघरमा प्रदर्शन

काठमाडौं । राजधानीका जागरुक युवाहरुले माइतीघरमा जम्मा भएर बन्दको बिरोधमा प्रर्दशन गरेका छन् । आईतबारको बन्दमा राजधानीको माइती घर मण्डलामा रंगिचंगी प्लेकार्ड बोकेका युवा बन्दको विरोध गरे । बारम्बारको बन्दले देशमा झनै समस्या थपिएको भन्दै बन्दको विकल्प खोज्न उनीहरुले सन्देश दिदै थिए। माइतीघरमा मौन बसेर बिरोध गरिरहेका युवाहरुले बन्द समाधान नभएको तर बन्द समस्या भएको प्लेकार्ड बोकेका थिए । बन्दको बिकल्प खोजौ, बन्दले देश बन्दैन, नेपाल खुल्ला छ जस्ता प्लेकार्ड बोकेका युवाहरुले माइतीघर मण्डलामा जम्मा भएर बन्दको बिरोध जनाएका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्