काठमाडौं । मोहन वैद्य नेतृत्वको माओवादीसहितका दलहरुले आज गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । उपत्यकामा फाट्टफुट्ट मात्र सार्वजनिक यातायतका साधन चलेका छन् । केही नीजि सवारी साधन पनि सडकमा हुइकिरहेका छन् । काठमाडौंबाट छुट्ने कुनैपनि सवारी साधन आज चलेका छैनन् । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट जनाई उनीहरुले बन्द आब्हान गरेका हुन् । वैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरु सँगै मिलेर आन्दोलन गरेका हुन् । बन्दकर्ताले काठमाडौंको बबरमहलमा बा२ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका छन् । प्रहरी पुगेर तोडफोड गर्नेलाई हटाएको थियो । बन्दको सिसा पूर्णरुपमा फुटेको छ । बन्दकर्ताले चितवनमा ३ वटा गाडीमा तोडफोड गरेका छन् । बन्दले जनजीवन कष्टकर बनेको छ। मुख्य चार दलले गरेको ६ प्रदेशको सीमांकन आफूहरुलाई अमान्य भएको भन्दै नेपाल बन्दको आह्वान गरेको छ।
बन्दले काठमाडौं लगायत देशैभरको जनजीवन कष्टकर बनेको छ।बन्दका कारण सार्वजनिक यातायात चलेका छैनन् भने छिटुट रुपमा मोटरसाइकल र नीजी सवारीहरु चलेका छन्। बन्द गराउँदै हिडेका कार्यकर्ताले काठमाडौंको बबरमहलमा बा२ ख ९६६१ नम्बरको बस र चितवनमा दुई वटा गाडीमा तोडफोड गरेका छन्।