नेभिगेशन
अन्य

चार दलका शीर्ष नेताहरु शितल निवासमा

काठमाडौं । प्रमुख चार दलका शीर्ष नेताहरु शनिबार साँझ शितल निवास पुगेका छन् । राष्ट्रपति रामवरण यादवले बोलाएपछि नेताहरु पुगेका हुन् । दलहरुबीच ६ प्रदेशको विषयमा सिमांकन सहितको सहमति भएको र संविधानको विधेयक तयार भइरहेका बेला यादवले छलफलका लागि नेताहरुलाई बोलाएका हुन् । संविधानमा भएका सहमति, प्रगति र प्रदेशको सिमांकनका विषयलाई लिएर विभिन्न जिल्लामा भइरहेको आन्दोलन लगायतका विषयमा पनि राष्ट्रपतिले नेताहरुसँग छलफल गर्ने बुझिएको छ । राष्ट्रपतिको निम्तोमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संवाद समितिका सभापति बाबुराम भट्टराई र फोरम लोतान्त्रिकका अध्यक्ष विजय गच्छदार शितल निवास पुगेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्