नेभिगेशन
अन्य

‘संविधानसभा बाहिरका शक्तिलाई पनि सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्ने’

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभा बाहिर रहेका शक्तिलाई सहमतिमा ल्याएर संविधान जारी गरेमा मात्र त्यो संविधान सर्वस्वीकार्य र टिकाउ हुने बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले चार दलले जर्बजस्ती जनता र संविधानसभा बाहिर रहेका शक्तिलाई बेवास्ता गरी जनविरोधी संविधान जारी गरेमा त्यो कुनै हालतमा स्वीकार्य नहुने बताए । अध्यक्ष यादवले भने–‘विगतमा मधेस विद्रोह, जनजाति आन्दोलन तथा संविधानसभाभित्र भएको सहमतिलाई उल्ट्याएर संविधानको मस्यौदा बनेको र अन्तरिम संविधानमा भएको अधिकारलाई पनि कतौटी गरी संविधान ल्याउने षडयन्त्र भइरहेकाले त्यसलाई विफल बनाउन पूर्ण शक्तिका साथ लाग्ने छौँ ।’ उनले पहिचानसहितको सङ्घीयता, समानुपातिक प्रणाली, समावेशीकरण, नागरिकता, राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनजस्ता प्रमुख आधार उल्टाएर केही व्यक्तिको इच्छा र चाहनालाई परिपूर्ति गर्ने खालको छ प्रदेशसहितको संविधान ल्याउन खोज्नु निक्कै दुःखद भएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्