नेभिगेशन
अन्य

राष्ट्रपतिले बोलाए ४ शीर्ष नेतालाई

काठमाडौं । राष्ट्रपति रामवरण यादवले प्रमुख ४ दलका शीर्ष नेतालाई शनिबार शीतल निवासमा भेट्ने भएका छन् । ६ प्रदेशका विषयमा विभिन्न जिल्लामा हिंसात्मक घट्ना भइरहेका बेला उनले नेताहरूलाई बोलाई आवश्यक जानकारी लिन लागेको राष्ट्रपतिका एक सल्लाहकारले बताए । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई भेटका लागि बोलाइएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्