नेभिगेशन
अन्य

विवादित विषयलाई टुंग्याउन शीर्ष नेताहरूलाई हम्मेहम्मे

काठमाडौं । प्रदेशको सीमांकन पुनरावलोकनसहित धर्मनिरपेक्षता, थ्रेस होल्ड, संवैधानिक निकायका पदाधिकारी पुनर्नियुक्तिजस्ता विवादित विषयलाई टुंग्याउन शीर्ष नेताहरूलाई हम्मे परेको छ । चार दलका शीर्ष नेता रहेको विशेष समितिले शुक्रबारसमेत विवादित विषय टुंग्याउने प्रयास जारी राख्यो । प्रमुख दलका शीर्ष नेताहरू सम्मिलित विशेष समितिको निर्णयपछि मात्रै मस्यौदा समितिको कार्यदलले संविधान विधेयक लेखनको काम सम्पन्न गर्न सक्छ । विशेष समितिले प्रदेशको सीमा पुनरावलोकन, धर्मनिरपेक्षता, थ्रेस होल्ड र संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिबारे छलफल सुरु गरे पनि निर्णय गर्न सकेन । मस्यौदा समितिअन्तर्गतको कार्यदलले शुक्रबार संवाद समितिमा भएका सहमति र संविधानसभाको निर्देशनअनुरूप मस्यौदा परिमार्जनको काम भने अघि बढाएको छ । यसैबीच संविधान विधेयक निर्माणको काममा मस्यौदा समितिका सभापति कृष्णप्राद सिटौलाले एकलौटी गरेको आरोप लगाउँदै एमाओवादी नेता प्रभु साहले उक्त समितिको सदस्यबाट राजीनामा दिएका छन् । संविधानको प्रारम्भिक मस्यौदा निर्माणकै बेलादेखि एमाओवादी नेताहरूले सिटौलामाथि संवाद समिति र संविधानसभाका अन्य संयन्त्रहरूमा भएका सहमतिलाई छोडेको, तोडमोड गरेको र नयाँ विषय थपेको आरोप लगाउँदै आएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्